लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० साउन, काठमाण्डौं । अन्डरडग्सु लाइपजिग सेमिफाइनलमा च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए रातीको खेलमा एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा लाइपजिगले पेरिस सेन्ट जर्मन पीएसजीको सामना गर्नेछ ।

जारी सिजन प्रतियोगितामा लाइपजिग आफ्ना सर्वाधिक गोलकर्ता टिमो वेर्नर चेल्सी सरुवा भएपछि उनी बिना मैदानमा उत्रिएको थियो। तर, एट्लेटिकोका हुवाँ फेलिक्सको बराबरी गोलका बाबजुद नाटकीय जित निकाल्दै लाइपजिग इतिहासमै पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

क्लबको पनि कीर्तिमान बनाएको लाइपजिग २०११ मा साल्केपछि बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड बाहेक सेमिफाइनलमा पुग्ने पहिलो जर्मन क्लब बनेको छ।

हारसँगै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको नकआउट स्टेजबाट पहिलो पटक जर्मन क्लबसँग पराजित हुँदै बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय