घुस लिने १४ जना रङ्गेहात पक्राउ: सुर्खेत

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० साउन, काठमाडौं । आर्थिक वर्ष २०७६-०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले १४ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

अघिल्लो आवमा चार जनालाई रङ्गेहात पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ । कार्यालय सुर्खेतले एक वर्षको अवधिमा १३ लाख ४१ हजार घुस बरामद गरेको छ ।

आव २०७६-०७७ मा सो रकम घुस बरामद गरेको कार्यालयले जनाएको छ । यो रकम अघिल्लो आवको भन्दा बढी हो । आव २०७५-०७६ मा चार लाख ४७ हजार रकम घुस बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय