पहिरोले वडा सदस्यको घर पुरिदा ६ जनाको मृत्यु: कालिकोट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० साउन, काठमाडौं । अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।

जिल्लाको महाबै गाँउपालिका वडा नम्बर- ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा छजनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।

स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए। घटना स्थलमा फोनले काम नगरेको पनि उनले बताए। उनका अनुसार घर भत्केको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय