३० साउन, काठमाडौं । नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन् । यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ डिस्चार्ज भएका छन् ।
त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विगत २४ घण्टामा गरिएको परीक्षणका क्रममा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको हो ।