नेपाल भाषाको पत्रिका ‘थाय्भु’को १२ औँ अङ्क प्रकाशित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३१ साउन, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित हुँदै आएको नेपाल भाषाको अर्धवार्षिक पत्रिका ‘थाय्भु’को १२ औँ अङ्क प्रकाशित भएको छ । साहित्य (मातृभाषा) विभागको संयोजनमा ‘थाय्भु’ प्रकाशित हुने गर्दछ ।

विभागीय प्रमुख प्राज्ञ लक्ष्मी माली प्रधान सम्पादकका साथै शशीकला मानन्धर, शरद कसाः र सुरेश किरण सम्पादक मण्डल सदस्य र रमेशकाजी स्थापित कार्यकारी सम्पादक रहेको ‘थाय्भु’को १२ औँ अङ्कमा नेपाल भाषाका महाकवि गिरिजाप्रसादबारे आवण कथा रहेको छ ।

यसैगरी ‘थाय्भु’को यस अङ्कमा नेपालभाषाका कथा, नियात्रा, कविता, गीत, गजल, समालोचना, इतिहास, संस्कृति, अभिलेख विधाका विविध सामग्री समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय