
३१ साउन, काठमाडौं । काठमाण्डौको बानियाँटारमा एक युवकको हत्या भएको छ ।
गएराति धारिलो हतियारको प्रहारबाट काठमाण्डौको तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको बानियाँटार प्रहरीले जनाएको छ ।



दुई समूहबीच झगडा हुँदा हत्या भएको प्रहरीले आशंका गरेको छ ।
प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।