नदीमा हाम फालेर एकजनाको मृत्यु: प्युठान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३१ साउन, प्युठान । प्युठानमा पुलवाट झिमरुक नदीमा हाम फाल्दा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको प्युठान नगरपालिका- ८ बाग्दुलामा रहेको पक्की पुलवाट हाम फाल्दा प्युठान नगरपालिका-१० बडरा निवासी ५० वर्षीय धनिराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यठानले जनाएको छ ।

मृतकको शव प्यूठान नगरपालिका-४ स्थित राना बगरमा फेला परेको हो । मृतक मानसिक सन्तुलन ठिक नभएको र औषधी सेवन गर्दै आएकोले पुलबाट हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय