नेपालमा थप ४६८ जनामा कोरोना पुष्टि, तीनजनाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको बताए । यो संगै संङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार १९ पुगेको छ।

शनिबार थप १ सय २४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। यो वृद्धिसँगै कोभिड१९ बाट मृत्यु हुनेको सङ्ख्या १ सय २ पुगेको छ

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४ हजार ४ सय ४८ जना रहेका छन् ।

आइसोलेसनमा ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । होमआइसोलेसनमा ५ सय २३ जना छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय