धोनीले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३१ साउन, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरको हुन् ।

उनले संन्यास घोषणा गर्दै सबैलाई धन्यवाद दिएका छन् । यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका धोनीले अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय खेल पनि खेल्ने छैनन् । धोनीले आइपीएल भने खेल्ने छन् । आइपीएलमा धोनीले लामो समयदेखि चेन्नई सुपर किंग्सको नेतृत्व गरिरहेका छन् ।

धोनीले अन्तिम पटक २०१९ मा इंग्ल्याण्डमा भएको वानडे विश्वकप खेलेका थिए । त्यसयता उनले टिममा मौका पाउन सकेका छैनन् । सन् २००४ डिसेम्बरमा बंगलादेशविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका धोनीले भारतका लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय