भरतपुर परीक्षण प्रयोगशालामा डाक्टर र नर्ससहित २७ जनामा कोरोना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३२ साउन, काठमाडौं । भरतपुर परीक्षण प्रयोगशालामा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।

यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।

त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा छन् ।

भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राति ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय