३२ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका-९ मा रहेको चेत्राङ खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका-२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
राप्ती नगरपालिका-८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो।
उनको उपचारका क्रममा शनिबार साँझ ५ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।