रुसी भ्याक्सिनको पहिलो ‘ब्याच’ तयार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ३२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३२ साउन, एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको भ्याक्सिनको पहिलो ‘ब्याच’ तयार गरेको छ । इन्टरफेक्स न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको जानकारीका आधारमा रूसले आफ्नो भ्याक्सिनको पहिलो ‘ब्याच’ बनाइसकेको जनाएको छ ।

यसको केही घण्टाअघि मन्त्रालयले रूसमा भ्याक्सिनको उत्पादन सुरु गरिएको जनाएको थियो । केही वैज्ञानिकले भ्याक्सिन उत्पादनको अनुमति दिएर राष्ट्रिय गौरवको स्वास्थ्य र सुरक्षामा प्राथमिकता दिएको प्रति चिन्ता व्यक्त गरेका छन् । रुसले हरेक महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्नेसमेत जनाएको छ ।

विश्वभरका देशका बीचमा भ्याक्सिन बनाउने होड चलिरहेका बेला रूसले सबैभन्दा अगाडि भ्याक्सिन बनाइसकेको घोषणा गरेर बाजी मारेको दाबी गरेको छ । रूसले आफ्नो देशको भ्याक्सिन यसै महिनाको अन्त्यतिर बजारमा आइसक्ने बताइरहेको छ । यो कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन हुनेछ ।

भ्याक्सिनलाई फेज थ्री ट्रायलभन्दा अगावै अनुमति दिइसकिएको छ । फेज थ्री ट्रायलमा हजारौं मानिसमा भ्याक्सिनको परीक्षण गरिन्छ । यो ट्रायललाई भ्याक्सिनको उत्पादनका लागि अनुमति पाउन अत्यन्तै अहम् मानिन्छ ।

रूसले आफ्नो भ्याक्सिनको नाम स्पुतनिक(५ राखेको छ । स्पुतनिक अन्तरिक्षमा जाने विश्वको पहिलो उपग्रह थियो । उक्त उपग्रहलाई रूसले लन्च गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिन पूर्णतस् सुरक्षित रहेको र आफ्नी छोरीलाई दिइएको दाबी गरिरहेका छन् ।-बीबीसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय