३२ साउन, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर बजारमा छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय ४४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।