१ भदौ, मकवानपुर । मकवानपुरमा एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका- ९ का ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवन भरतपुर अस्पतालको कोभिड- १९ प्रयोगशालामा गरिएको परिक्षणमा ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड परीक्षण प्रयोगशालाकी प्रमुख नितु अधिकारीले जानकारी दिनुभयो ।
संक्रमित पुरुषको भरतपुरको आशा अस्पतालमा उपचार भइरहेको छ ।