१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
उक्त कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।