
१ भदौ, काठमाडौं । नेपालमा आइतबार थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको बताए ।



काठमाडौं उपत्यकामा सोमबार थप १ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितहरुको संख्या २७ हजार २ सय ४१ पुगेको छ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १५ हजार १ सय ९८ जना रहेका छन् । आइसोलेसनमा ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १ सय ६० जना निको भई डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, सोमबार थप तीनजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ सय ७ पुगेको प्रवक्ता गौतमले बताए ।