विषालु च्याउ खादा दुईजनाको मृत्यु, तीन बिरामी: प्युठान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्युठान । जङ्गलमा भेटीएको विषालु च्याउ खादा प्युठानमा दुईजनाको मृत्यू भएको छ ।

जिल्लाको नौबहिनी गाउँपालिका-६ का एकै परिवारका दुईजनाको मृत्यु भएको जिल्ला प्रहरीकार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा १३ वर्षीय सुगम घर्ती र १५ वर्षीय सुरेश घर्ती रहेका छन । जङ्गलमा भेटाएर लिएको च्याउ खादा उनीहरुको घरमै मृत्यु भएको हो भने अन्य तीनजना बिरामी भएका छन ।

च्याउ खाएर बिरामी भएका बुबा ३३ वर्षीय विष्णु घर्ती, उहाँकी श्रीमती ३० वर्षीय लिला घर्ती, र छोरा १७ वर्षीय शशि घर्तीको अस्पतालमा उपचार भइरहेको छ । बिरामीको अवस्था सामान्य रहेको रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय