प्युठानमा भदौ १५ गतेसम्मका लागि सिल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

२ भदौ, प्युठान । प्युठानमा आज राति १२ बजेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा नीजि सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिहरुको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनुभयो ।

पन्थीका अनुसार, ‘अत्यावश्यक बाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वको समयमा व्यक्तिको आवतजावत बढी हुने भएकाले भदौ १५ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरिएको उहाँको भनाई छ ।

प्रजिअ भुसाल, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, जिल्लाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, प्युठान अस्पतालका प्रमुख लगाएतको उपस्थितीमा उक्त निर्णय भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय