नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १ सय ३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको बताए । यो संगै सङ्क्रमितहरूको कुल सङ्ख्या २८ हजार २ सय ५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १३ हजार ९ सय २६ जना छन् । आइसोलेसनमा १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, मंगलबार थप ८५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु भएको । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय