राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र २,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । घरमै आराम गर्दै उपचाररत उनको आज साँझ ५:५५ बजे निधन भएको हो ।

१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्द कवितामा अग्रणी कवि हुन् ।

उनका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती-मङ्गले’ गीतिनाटक लगायत प्रसिद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय