दस महिने बच्चासहित थप १७ जनामा कोरोना पुष्टि: सल्यान

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३ भदौ, काठमाडौं । सल्यानमा बुधबार दस महिनाको बच्चासहित १७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा बच्चा सहित १७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न १ का १० महिनाको बच्चा र ४६ वर्षीय पुरुष, वडा न २ का २२ वर्षीय पुरुष, वडा न ३ का २० र २२ वर्षीय पुरुष र १५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै वडा न ४ का २१, २४, ३०, ४२, ४२, ४७ वर्षका पुरुष र ४, ८ र ३५ वर्षीया महिला र वडा न ५ का ४७ वर्षीय पुरुष रहेका छन् । संक्रमित सबैलाई बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय