४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णयअनुसार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिनुभयो ।
सरकारले गत वर्षदेखि नै भदौ ४ गतेलाई प्रदेश स्थापना तथा सहिद दिवसका रूपमा बिदा दिने निर्णय गरेको थियो ।
कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको ज्यान गएको थियो । उनीहरूकै सम्झनामा प्रदेश स्थापना र सहिद दिवस एकैदिन मनाउने गरिएको छ ।