४ भदौ, काठमाडौं । रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ मा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको बुधबार राति अज्ञात समुहद्वारा गोली हानि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार खाना खादै गर्दा राति करिब ९ बजे तिर अज्ञात व्यक्तिद्वारा पुजारी साहको कञ्चेटमा गोली हानी साहको हत्या गरिएको हो ।
अहिले गोली हान्ने व्यक्ति फरार रहेको र यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।