
काठमाडौँ । कंचनपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
महाकाली नगरपालिका–६ मा मोटरसाइकल एक आपसमा ठोक्किँदा महाकाली नगरपालिका–१ बस्ने १९ वर्षीय सागर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको जनाएको छ ।



युके ०६ ए एफ ८४२६ को भारतीय नम्बर प्लेटको मोटरसाइकल र युके ०६ ए ०६ ए ५८१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिनुभयो ।