तपाईंको आजको राशिफल:

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ )
मेष राशि हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । स्वास्थमा समस्या हुनसक्छ । कुनै गुप्त रोगले सताउला । खानपानमा ध्यान दिनुहोला । गुप्त शत्रुवाट चिन्ता रहेनेछ । आँखा वन्द गरेर कसैको विश्वास नगर्नुहोला । हराएको सामान मिल्न सक्छ । दापत्य जिवन सामान्य रहन्छ ।
वृष राशी (इ ,उ ,ए ,ओ , बा ,बि ,बु ,बे , बो )
वृष राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । शत्रु पराजय हुनेछन् । कार्यक्षेत्रमा समस्या हुनसक्छ । नराम्रो लत र संगत छोड्नुहोला नत्र समस्या हुनसक्छ । चिसो पेय पदार्थवाट टाढा रहनुहोला नत्र छातीमा समस्या हुनसक्छ । स्वास्थको ख्याल गर्नुहोला ।
मिथुन राशी (का ,कि ,कु ,घ ,ङ , छ ,के ,को ,ह )
मिथून राशिहुनेहरुको लागि यो दिन आजको दिन राम्रो रहेको छ । व्यापारवाट आम्दानी बड्नेछ । धार्मिक कार्यमा मन जानेछ । आफुले सोचेको कार्य पुर्ण हुनेछन् । समाजमा मानसम्मान वड्ने छ । पठनपाठनमा मन जानेछ ।
कर्कट राशी ( हि ,हु ,हे ,हो ,डा डि, डु ,डे ,डो )
कर्कट राशिहुनेहरुको लागि आजको दिन क्रोधलाई नियन्त्रणमा राख्नुहोला । वाणीमा संयम राख्नुहोला । परिवारमा कलहको सिर्जना हुनसक्छ । कृषिकार्यवाट लाभ हुनेछ । धर पालुवा जनावरलाई माया गर्नुहोला । समयमा खाना खुवाउनु होला । सवारी साधन चलाउदाँ ध्यान दिनुहोला ।
सिंह राशी ( मा, मि, मु, मे, मो,टा,टी,टू,टे)
सिंह राशिहुनेहरुको लागि आजको दिन भाईवहिनीवाट सहयोग हुनेछ । मानसम्मान बड्नेछ । सिर्जनात्मक कला वडेर जानेछ । पठनपाठनमा मन जानेछ । कार्यक्षेत्रमा कर्मचारीको सहयोगले लक्ष्य प्राप्त हुन्छ । दापत्य जिवनमा सुमधुर सम्वन्ध रहन्छ ।
कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कन्या राशिहुनेहरुको लागी आजको दिन मुद्धा मामिलावाट छुटकारा मिल्नेछ । समाजमा मानसम्मान मिल्नेछ । पठनपाठनमा मन जानेछ । दापत्य जीवन सुमधुर हुनेछ । पार्टनरसिपवाट राम्रो आम्दानी हुनेछ । कुनै पनि कार्यको सकारात्मक सिर्जनात्मक बुद्धिले मात्र हल गर्नुहोला ।
तुला राशी (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तूला राशिहुनेहरुको लागि व्यतिmव विकास हुनेछ । कार्यक्षेत्रमा समस्या हुनसक्छ । कुनै पनि निर्णय लिदाँ आफनो परिवारको अग्रज व्यक्तिको सल्लाहले अघि वड्नुहोला । दापत्य जीवन सुमधुर हुनेछ । पठनपाठनमा मन जानेछ ।
वृश्चिक राशी (तो,ना,नि,नू,ने,नो,या,यी,यू)
वृश्चिक राशिहुनेहरुको लागि खर्च वड्ने छ । आर्थिक संकट रहन्छ । कर्जा वड्ने योग रहेको छ । गलत तरिकावाट धन नकमाउनुहोला नत्र मुद्धा मामिला पर्न सक्छ । मानसिक तनाव बड्न सक्छ । पठनपाठनमा मन जानेछ ।
धनु राशी (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धनू राशिहुनेहरुको लागि आकस्मिक धनलाभ हुनसक्छ । धेरै समयदेखि नउठेको उधारो सवै उठ्न सक्छ । परिवारमा सन्तोष र आनन्दको वातावरणमा हुन्छ । भाई र ज्वाईको सहयोग मिल्नेछ । घरमा कुनै सामानको खरिद गरेर ल्याउनु हुनेछ र महिलाले कुनै गर गहना खरिद गर्नुहुनेछ । पठनपाठनमा मन जानेछ ।
मकर राशी (भो,ज,जी,खी,खू,खे,खो,गा,गि)
मकर राशिहुनेहरुको लागि पिताको सहयोग वा मार्गदर्शन मिल्नेछ । अधुरा कार्यहरु सवै पुर्ण हुनेछ । नयाँ प्रोजेक्ट मिल्नेछ । कार्यक्षेत्रमा आफनो कर्मचारीवाट सहयोग मिल्नेछ ।
कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,द)
कुम्भ राशिहुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । पठनपाठनमा मन जानेछ । उच्च शिक्षाको लागि दरखास्त भर्ने राम्रो समय रहेको छ । तपाईको कामवाट हाकिम खुसि हुनेछन् । प्रमोशनको योग रहेको छ । साथिभाईको सहयोग मिल्नेछ ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,चि)
मीन राशिहुनेहरुको लागि मानसिक तनाव बड्नेछ । इष्टमित्रको अशुभ समाचार आउन सक्छ । गुप्त शत्रुले तनाव वडाउने छन् । आँखा वन्द गरेर कसैको विश्वास नगर्नुहोला ।
नोट – राशिफल चन्द्र राशिबाट हेरिन्छ तर मेरो विचारमा लग्नवाट हेर्दा सटिक हुन आउँछ यी राशिफल सुर्य लग्न , जन्म तिथि, र नामको राशिवाट पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय