ब्रुकलिन साइटेसन अवार्डद्वारा पत्रकार परियार सम्मानित

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ब्रुकलिन साइटेसन अवार्डद्वारा पत्रकार दिपक परियार अमेरिकमा सम्मानित हुनुभएको छ ।

कोरोना संक्रमण जोखिमका क्रममा अमेरिकामा रहेका नेपालीहरु लक्षित सामाजिक काम गरेको भन्दै न्युयोर्क सिटी स्थित ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सदले पत्रकार परियारलाई साईटेसन अवार्डबाट सम्मानित गर्नुभएको हो ।

पत्रकारितासँगै सामाजिक अभियान चलाईरहेका परियारले कोभिड–१९ का क्रममा न्युयोर्क आसपासमा रहेका नेपालीलाई प्राथमिक स्वास्थ्य सामाग्री र खाद्यान्न पुर्‍याउने कामको थालनी गर्नुभएको थियो । साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई सो अवार्डबाट सम्मानित गर्ने गरिन्छ ।

परियाले पाएको सम्मानले पत्रकारिता मार्फत सामाजिक अभियानमा थप सफलता मिलेको सामाजिक अभियान्त नवराज के.सी.ले बताउनु भयो ।

अमेरिकामै रहेका अर्का पत्रकार एवं लेखक राजन थपलियाले अमेरिकामा रहेका नेपालीहरुका लागि परियारले चलाएको अभियानलाई सम्मानले थप हौसला प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय