विना तयारी अन्तरवार्ता दिएकाले गल्ती भयो भन्दै: जन्मदिनमा दिपाले मागिन माफि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रका नायिकाहरुको विभिन्न कारणका कारण विवादमा आउने क्रम चलि रहँदा केहि समय अघि नेपाली चलचित्रमा आपनो छुटै छवि बनाएकि निदेर्शक, नायिका दिपाश्री निरौला पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा आएकि थिइन ।

त्यहि क्रममा आज फेसबुक लाइपमा आएर दर्शक सँग माफी माग्दै समस्याबाट भाग्नु भन्दा समस्यालाई व्यवस्थापन गर्नु ठुलो कुरा रहेको बताएकी छिन् । कलाकारिता दौरानमा २९,३० वर्षको यात्रामा दर्शकको मायाले पछाडि फर्केर हेर्नु नपरेको साथै कामको सफलता पाएता पनि आफूले व्यक्तित्व विकास नगरेको र मिडियामा बोल्दा कुटनितिक चलाखी अपनाउन नसकेको स्विकार गरेकी छिन् ।

आफूले विना तयारी अन्र्तर्वाता दिएकाले अब आउँदा दिनमा गल्ति नदोहोराउने र आफुले आफ्नो व्यक्तित्व विकासमा ध्यान दिने बताएकी छिन् ।

नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेरै माफी मागेकी छिन् । ‘महानायक’ विवादपछि जन्मदिनको अवसरमा फेसबुकमा भिडियोमार्फत उनले हात जोड्दै भनिन्–‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय