काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेकाे छ ।
शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको छापावाल सुन आइतबारका तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।
यस्तै तेजाबी सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेकाे छ । आइतबार चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।