
काठमाडौं । साझा पार्टीले पछिल्ला समय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पर्याप्त स्रोत साधनबिना पनि जनस्वास्थ्य संकटको समयमा विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझाले जनाएको छ ।



स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप गर्ने व्यक्ति या समूहलाई तत्कालै कारबाही गर्न साझाले माग गरेको छ ।