प्युठानमा २१ किलो गाँजासहित एकजना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्युठान । प्युठानमा अवैध रुपमा लुकाई छिपाई राखेको गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा प्युठान सरुमारानी गाउँपालिका–३ कासकोटका ६२ वर्षीय तोमे बहादुर सामतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा लुकाइछिपाई अवैधरुपमा राखिएको २१ किलो ८६० ग्राम गाजाँसहित शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

पक्राउ परेका समतमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय