मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भदौ १५ गते सम्म निषेधाज्ञा थपिएको छ ।
आज बसेको कमान्ड पोष्टको बैठकले भदौ १५ गते सम्म निषेधाज्ञा जारि राख्ने निर्णय गरेको हो ।
साउन २६ गतेबाट सुरु गरिएको निषेधाज्ञा भदौ ९ गते सम्म कायम गरेको थियो ।
आजको कमान्ड पोष्टको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अबस्थामा जारी गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
निषेधाज्ञा क्षेत्र हेटौंडा उपमहानगरपालिकाका सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने राजमार्गको क्षेत्रहरू हुनेछन् ।