मकवानपुरको थाहानगर चित्लाङमा भेटियो बिश्वकै दुर्लभ सर्प किङ कोब्रा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर । मकवानपुरको थाहानगरपालिका-९ चित्लाङमा विश्वकै दुर्लभ र बिषालु मानिने किङ कोब्रा सर्प भेटिएको छ ।

आइतबार राती चित्लाङ-९ का बुद्ध बलामीले आफ्नो घरभित्र अनौठो सर्प देखेपछि आत्तिएर वडा अध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन सम्पर्क गर्नु भएको थियो । त्यसपछि वडा अध्यक्ष पर्शुराम श्रेष्ठले भक्तपुरका सर्प उद्घार समुहका सदस्यहरुलाई खबर गर्नु भएको थियो ।

हिजो किङ कोब्राको उद्घार गरिएको छ । स्नेक रेस्क्यु (सर्प उद्घार समुह ) टिमले बुद्ध बलामीको घरबाट उद्घार गरिएको किङ कोब्रा ९ फिट १० इन्च लामो र ४ किलो तौलको रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

उद्घार गरेपछि उक्त किङ कोब्रा सर्पलाई चन्द्रगिरिको जङ्गलमा लगेर सुरक्षीत साथ छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय