
प्युठान । प्युठानमा ४ जना प्रहरीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा मंगलबार दुई देखि ६१ बर्ष उमेर समुहका थप १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।



संक्रमितहरुमध्ये जिल्लाको स्वर्गद्धारी नगरपालिकाका ३ जना , नौबहिनी गाउँपालिकाका ६ जना र ऐरावती गाउँपालिकाका ९ जना हुन् ।
यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४ सय ३५ पुगेको छ । जसमध्ये संक्रमित जम्मा ६० जना छन भने ३७४ जना निको भई घर गईसकेका छन। भने हालसम्म कोरोना संक्रमणको कारण जिल्लामा एकजनाको मृत्यु भइसकेको छ ।