काठमाडौं । स्वस्थ्यमा समस्या आए पछि उपचारका लागी गोरखाबाट चितवन गएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपचारका सिलसिलामा चितवन जाने आउने गरिरहेका रामशाहटोलका ३८ वर्षका पुरुष र दराईंगाऊँका ४२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
‘उहाँहरुले चितवनबाट घरमा फोन गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको रहेछ’ स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताउनुभयो ।
होटल ब्यवशायी ४० वर्षीय पुरुष बिरामी भएपछि उपचार गराउन चितवन गएका थिए भने गाडी चालक ४२ वर्षिय पुरुष श्वास प्रश्वासमा समस्या आए पछि उपचारका चितवन पुगेका थिए ।
त्यसैले ति पुरुषहरुको सम्पर्कमा रहेका घरपरिवार, छरछिमेकको कन्ट्याक ट्रेसिङ गरि आजै कोरोना परिक्षणका लागि स्वाब संकलन हुने न्यौपानेले बताउनुभयो ।