प्युठानमा एक स्वास्थ्यकर्मीसहित थप आठजनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्युठान । प्युठानमा एक स्वास्थ्यकर्मीसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परीक्षणका प्युठानका थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले जनाएको छ ।

प्रतिष्ठानका अनुसार नौबहिनी गाउँपालिकाका तीनजना, प्युठान नगरपालिकाका चारजना र ऐरावति गाउँपालिकाका एकजना रहेका छन् ।

नौबहिनी गाउँपालिकामा पुष्टि भएका तीनजना संक्रमित होम क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम शर्माले जानकारी दिनुभयो ।

प्युठान नगरपालिकाका चारजना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी, एकजना थुनुवा, एकजना भैरहवाबाट उपचार गरी फर्किएका विरामी र एकजना क्वारेन्टाइनमा रहेका व्यक्ति भएको नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्दराज घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी ऐरावती गाउँपालिकाका संक्रमित क्वारेन्टाइनमै रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ४४३ पुगेको छ । जसमध्ये मंगलवारसम्म ३७४ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय