काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
बुधबार ९६ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छापावाला सुन आज ९७ हजार ६ सय रुपैयाँमा काराेबार भइहेकाे नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।