मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर । मकवानपुरमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरूमा हेटौंडा- ४ का सातजना , हेटौंडा- ५ का चारजना , हेटौंडा- ६ का एकजना , हेटौंडा-८ का एकजना , हेटौंडा- १० का एकजना , हेटौंडा- ११ का दुईजना , हेटौंडा- १५ का एकजना , मनहरी गाउँपालिका- ७ का एकजना , मनहरी- ८ का एकजना , र कैलाश गाउँपालिकाका एकजना रहेको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेहरूमा ८ जना पुरुष र १२ जना महिला रहेका छन् ।
पशुपन्छी रोग तथा अन्वेषण तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भदौ ६ र ८ गते संकलन गरिएको २ सय जनाको स्वाब नमुना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय