
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा गत २४ घण्टामा ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३५० जना काठमाण्डौमा, भक्तपुरमा ५४ जना तथा ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल काठमाण्डौ जिल्लामा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।
त्यस्तै नेपालमा वितेको २४ घण्टामा ९२७ जना नया कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा ३३४ महिला र ५९३ पुरुष गरी ९२७ जना संक्रमित थपिएका हुन् । यो सँगै ३६ हजार ४ सय ५६ जना संक्रमित भएका छन् ।



यसैगरी वितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने नेपालमा निको हुने प्रतिशत ५६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ६ लाख ५८ हजार १ सय १० पिसिआर परिक्षण गरिएको छ । भने गत २४ घण्टामा १० हजार २२९ जनाको परिक्षण गरिएको छ ।