बार्सिलोनासँग सम्बन्ध नबिगारी जान चाहन्छन्: मेसी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । लियोनेल मेसी बार्सिलोनाबाट राम्रो सम्बन्धसहित बाहिरिन चाहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

गोल डटकमका अनुसार मेसीले बार्सिलोनाको बोर्डका सदस्यलाई भेटेर राम्रो सम्बन्धसहित बाहिरिने तयारी गरेको उल्लेख गरेको छ ।

बार्सिलोनामा २० बर्ष बिताएका मेसी क्लबको एकेडेमी ला मासियाका उत्पादन हुन् भने एकेडेमीबाट विश्वकै उत्कृष्ट खेलाडीको यात्रा तय गरेका छन् ।

मेसीको बार्सिलोनाको सम्बन्ध नेइमार प्रकरणदेखि बिग्रिएको बताइएको छ । नेइमारलाई बार्सिलोना फर्काउने विषयमा मेसी र बार्सिलोनाका अध्यक्ष जोफेप मारिया बार्टोमेउको मत माझिएको र म्यानेजर इर्नेष्टो भालभेर्ड़ोलाई बर्खास्त गर्ने विषयमा समेत दुवैको फरक मत रहेको बताइएको छ ।

मेसीले बार्सिलोनालाई आफुले क्लब छोड्ने सूचना दिदा मेसीले आफ्नो रिलिज क्लजका विषयमा कडा रुपमा प्रस्तुत हुने रणनिति बनाएको र बर्सिलोनाबाट निशुल्क ट्रान्सफरमा बाहिरिने रणनिति बनाएको भएपनि अहिले भने उनी क्लबसँग छलफल गरेर राम्रो सम्बन्ध कायम राख्दै बाहिरिने सोच बनाएको बताइएको छ ।

साथै मेसीले सार्बजनिक रुपमा क्लबलाई नराम्रो देखाएर बाहिरिन नचाहेको मिडिया रिपोर्टमा उल्लेख छ । मेसीको समर्थनमा बार्सिलोना क्लब अगाडी प्रदर्शन भइराखेकाले मेसीले केहि सुनिस्चित घटनाक्रमपछि फ्यानहरुलाई सम्बोधन गर्ने बताइएको छ ।

कुन क्लबमा जान्छन मेसी ?

अहिलेसम्म मेसी जाने क्लबमा म्यानचेस्टर सीटी अगाडी देखिएको छ भने मेसीले सिटी जानेमा लगभग तय गरिसकेको बताइएको छ ।

तरपनि अहिले मेसी भित्र्याउन पिएसजी, इन्टर मिलान, म्यानचेस्टर युनाइटेड जस्ता ठुला क्लब लागिरहेका छन् ।

यसैबीच मेसी भित्र्याउने दौडमा युभेन्टस समेत अगाडी आएको बताइएको छ । इटालियन मिडियामा युभेन्टसले मेसीका बारेमा चासो राख्दै उनका पितालाई सम्पर्क गरेको चर्चा चलेको छ । यस चर्चाले मेसी र रोनाल्डो एकै क्लबबाट खेल्छन त भन्ने प्रश्नले विश्वभरका फुटबल फ्यान तरंगित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय