विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार नाघ्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी । वर्ल्ड मिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुगेको छ। जसमध्ये ८ लाख ४० हजार ४२८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७२ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन्।

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ। वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोना संक्रमितको संख्या ६० लाख ९४ हजार ३२७ पुगिसकेको छ।

सङ्क्रमितमध्ये १ लाख ८५ हजार ८७० जनाको मृत्यु भएको छ भने ३३ लाख ७१ हजार १८६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या ३८ लाख १२ हजार ६०५ पुगेको छ। ब्राजिलमा १ लाख १९ हजार ५९४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। करिब पौने तीस लाख मानिस उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय