मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकामा शुक्रबार साँझ चारजना कोरोना संक्रमित थपिएका छन् ।
काभ्रेको धुलिखेल स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भिमफेदिका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरूमा भिमफेदी- ९ का १४,१८ , २८, र ४० वर्षीय पुरुष रहेकोे प्रयोगशालाका सूचना अधिकारी हरि बिष्टले जानकारी दिनुभयो ।