वडाको पहलमा जनमैत्री अस्पतालमा कोरोनाको सेवा सोमबारबाट सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को आग्रहमा बालाजुको जनमैत्री अस्पतालमा कोरोना भाइरसको उपचार सुरु हुने भएको छ ।

वडाध्यक्ष मुकुन्द रिजालले वडाको पहलमा नै सोमबारबाट सेवा सुरु हुन लागेको बताए । ‘संक्रमितको व्यवस्थापनमा केही सहज गर्न सकिन्छ कि भनेर पहल गरेका थियौं, अस्पतालमा सेवा सुरु गर्ने भएपछि निकै आशा पलाएको छ ’ उनले भने । साउन ३२ गते वडाले कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रलाई अस्पताल सञ्चालन गर्न अनुरोध गर्दै पत्र पठाएको थियो ।

सरकारले केही दिनअघि योसहित अन्य दुई अस्पताललाई कोरोना रोकथाम र उपचार गर्न अनुमति दिएको थियो । वडाकै बालाजुमा रहेको यो अस्पतालमा सबै सुविधाले उपयुक्त भएकाले पनि अस्पताल सञ्चालन गर्नुपर्ने वडाध्यक्ष रिजालले बताए । साउन २९ गते अस्पतालका सञ्चालकलाई पत्र लेख्दै वडाध्यक्ष रिजालले सञ्चालनका लागि सहज वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

वडाले आवश्यक सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशसन कार्यालय काठमाडौं, काठमाडौ महानगरपालिकाका साथै सम्वन्धित अन्यलाई पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय