नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंका १५५ जना, भक्तपुरका १२ जना र ललितपुरका १९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ३७,३४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०९७१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा ८०३५ जना रहेका छन् । आइसोलेसनमा सक्रिय संक्रमितको संख्या १६५७८ रहेको मन्त्रालयले जनाएको छ ।

शनिबार थप ३१३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०,५५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय