
काठमाडौं । चितवनमा थप एकजना कोरोना संकमित पुरूषको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिबार साँझ करीब ६ बजे मृत्यु भएको हो ।



अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
पोखरामा गरिएको कोरोना परीक्षणमा शनिबार मात्रै उनको रिपोर्ट पोजिटिभ आएको थियो ।