नेपालमा थप ८९९ जनामा कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ८९९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा थप ६७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३९,४६० पुगेको छ ।

त्यस्तै पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ११,१२९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,३३७ जना रहेका छन् । असोलेसनमा १७,८२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म २१,४१० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय