कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगकाे छ ।

नेपालमा कोरोनाको संक्रमणबाट थप सात जनाको मृत्यु पुष्टि भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए ।

मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए ।

पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र ५८८ जना कोरोनामुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय