काठमाडौं । सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको जानकारी दिए ।
विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ ।