कोरोना संक्रमणबाट विश्वमा ८ लाख ५४ हजारको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ५६ लाख २२ हजार २ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ७९ लाख २२ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार २ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ४ हजार बढी मृत्यु भएका छन् भने २ लाख ३६ हजार ७ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ६८ लाख ४५ हजार २ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार १ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६२ लाख ११ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३४ लाख ५३ हजार ६ सय भन्दाबढी निको भएका छन् भने १ लाख ८७ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३९ लाख १० हजार ९ सय १ पुगेको छ भने १ लाख २१ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३० लाख ९७ हजार ७ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९ सय ३९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ हजार ४ सय नाघेको छ ।

संक्रमितमध्ये २८ लाख ३७ हजार भन्दा धेरै निको भएका छन् भने ७ लाख ८५ हजार १ सयबढीको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय