मकवानपुरका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर । कोरोना संक्रमणबाट मकवानपुर हेटौंडाका एकजना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका छन् । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत उनको गएराती मृत्यु भएको हो ।

बिरामीको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याइएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

भदौ १४ गते अस्पतालमा उपचारका लागि ल्याइएका ती पुरुषमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय