प्युठानमा कोरोना संक्रमित ५८ वर्षीय एक पुरुषको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्युठान । प्युठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

गौतमबुद्ध अस्पताल बुटवलमा उपचाररत जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थय कार्यालय प्युठानले जनाएको छ ।

उनी कलेजोको विरामी भएकाले उपचारका लागि भदौ १० गते उपचारका लागि बुटवल लगिएको थियो । उनी सिरियस विरामी भएकाले बुटवलको गौतमबुद्ध अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो ।

यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय